फागुन, चेरिङ्गक्रस (लन्डन) । प्रगतिशिल नेपाली समाज वेलायतले नेपाली राष्ट्रिय स्वाधिनताको रक्षाको लागि भारतीय बिस्तारवादका बिरुद्ध १५ फेब्रुअरीमा व्यापक जनप्रदर्शन गरी लन्डनस्थित भारतीय दूताबासमा ज्ञापनपत्र बुझाएको छ । प्रगतिशिल नेपाली समाजका केन्द्रिय अध्यक्ष रणबहादुर केसी, सचिब प्रेम गैरे, कोषाध्यक्ष तोया रिजाल र समाजका संस्थापक अध्यक्ष कर्ण शाहीले भारतीय दूताबासका प्रतिनिधि अब्दुल मिसरमार्फत राजदूतलाई ज्ञापनपत्र बुझाएका थिए ।
ज्ञापनपत्र बुझाइसकेपछिको सभामा बोल्दै संयुक्त नेपाली मोर्चा यूरोपका अध्यक्ष नबिन सापकोटाले भारतले बिभिन्न बहानामा नेपालको शान्ति प्रकृया भंग गर्न खोजेको बताउनु भयो । दक्षिण एशीयाबाट ब्रिटिश खेदिए पनि औपनिबेशिक भारतीय सत्ता पक्षमा भने औपनिबेशिकको मानसिकता कायमै रहेको टिप्पणी गर्न भएको थियो ।
प्रगतिशिल नेपाली समाजका केन्द्रिय अध्यक्ष रणबहादुर केसीले भारतीय सरकारले अनाबस्यक रुपमा हस्तक्षेप गरेको भन्दै राष्ट्रियताको निमित्त राष्ट्रिय झण्डा उच्च राख्नुपर्ने बताउनुभयो । समाजका संस्थापक अध्यक्ष कर्ण शाहीले राष्ट्रियता, सार्बभौमसत्ता र भौगोलिक अखण्डताको रक्षाको लागि जहाँ भए पनि नेपालीहरु एकजुट हुनुपर्ने धारणा राख्नुभयो ।
त्यसैगरी बाम बुद्धिजीबी प्रोफेसर ह्यारी पावल, डा. बालगोपाल श्रेष्ठ, बि्रटिश कम्युनिस्ट पार्टीका सावा, श्रीलंका साउथ एशीयन फोरमका नेता मनसुरलगायतले सन् १९५० को सन्धि संझौताको बिरुद्ध र भारतीय पक्षबाट भएको राजनीतिक, सामाजिक तथा आर्थिक हस्तक्षेपबिरुद्ध राष्ट्रवादी शक्तिहरु एकजुट हुनुपर्ने धारणा राखेका थिए ।