Banner Page
     
 
 
 
 
Greenford International University
 
  Home   About   Photo Page   Contact   Contact
 
| सदीक्षा श्रेष्ठ भइन् यस बर्षको मिस नेपाल | | प्रधानमन्त्रीबारे चाँडै नयाँ निर्णय लिइनेः दहाल | | इराकमा अमेरिकी सैन्य अभियान सकियो-ओबामा | | ग्लोबल वार्मिङबाट जलसंकट बढ्ने ! | | भक्तपुरमा वालक अपहरणकारीहरू पक्राउ | | अग्नि एयरको ब्ल्याक बक्स फेला पर्र्यो ! | | टेलिकमको नयाँ सेवा वाइफाई इन्टरनेट सञ्चालनको तयारीमा | | राजधानीमा फोहोरको डंगुर लाग्यो चारैतिर दुर्गन्धित |
   अन्तर्वार्ता
   अर्थ समाचार
   कबिता
   खेल समाचार
   गित गजल
   गैर आवासिय खबर
   नेपाल समाचार
   प्रश्न तपाईको जवाफ वकील साबको
   बिचार
   ब्रेक्रिङ्ग न्यूज
   मनोरन्जन
   मानव अधिकार
   राजनैतिक
   विश्व समाचार
   व्यक्ति व्यक्तित्व
   सम्पादकीय
   साहित्य
Left Content



साहित्य
जापान र मेरो मन
कस्ने कोसिस गरेको छु । तर मन कसिन सकेन मायाको पोको खुस्किइ नै रह्यो । खुस्किइ नै रह्यो । मलाई पनि अभिलाषाका मृगतृष्णाहरू मेट्ने धोको थियो बाँकी अंश...
गैर आवासीय नेपाली
लन्डनस्थित भारतीय दूताबासमा ज्ञापनपत्र
फागुन, चेरिङ्गक्रस (लन्डन) । प्रगतिशिल नेपाली समाज वेलायतले नेपाली राष्ट्रिय स्वाधिनताको रक्षाको लागि भारतीय बिस्तारवादका बिरुद्ध १५ फेब्रुअरीमा व्यापक जनप्रदर्शन गरी लन्डनस्थित भारतीय दूताबासमा ज्ञापनपत्र बुझाएको छ । प्रगतिशिल नेपाली समाजका केन्द्रिय अध्यक्ष रणबहादुर केसी, सचिब प्रेम गैरे, कोषाध्यक्ष तोया रिजाल र समाजका संस्थापक अध्यक्ष कर्ण शाहीले भारतीय दूताबासका प्रतिनिधि बाँकी अंश...

Untitled Document
Weather
नेपालको तापक्रम
Details Page
विश्व समाचार
अमेरिकी आप्रवासीमा आर्थिक मन्दीको असर
ग्लोबल नेपाल न्यूज

आर्थिक मन्दिसँगै गत २६ वर्षहरुकै सबैभन्दा बढी बेरोजगारी समस्याका कारण विश्वको विभिन्न मुलुकहरुबाट अमेरिकामा आप्रवासका लागि आउनेहरुको संख्यामा उल्लेख्यनीयरुपमा कमी आएको छ । आर्थिक मन्दीका कारण विशेषगरी उच्च र निम्न सीपयुक्त मानवशक्तिको अमेरिकी आप्रवास हुने संख्या घटेको हो । मेक्सिकन अमेरिकनहरुले स्वदेशमा पठाउने रेमिट्यान्समा विगत वर्षहरु २००७ र २००८ को क्रमशः २६ र २५ अरब डलरबाट घटेर यस वर्ष १६.४ अरब डलर रही करीब १३ प्रतिशलले कमी आएको मेक्सिकन केन्द्रीय बैंकले जनाएको छ । तर, धेरै मेक्सिकनहरुले अमेरिकामा बसोबास गर्दै आएका आफ्ना आफन्त तथा नातेदारहरुलाई पैसा पठाएर हाल आर्थिक सहयोग गरिरहेका छन् ।

अमेरिकी सरकारले स्वदेशी रोजगारदाताको प्रायोजनमा विदेशी सीपयुक्त जनशक्तिलाई प्रदान गर्दै आएको एचवन-बी (H1-B) भिसाको ब्यवस्था हाल रहे पनि धेरै बिजनेस संस्थाहरु तथा कर्पोरेसनहरु तत्काल विदेशी श्रमशक्ति भित्र्याउन सक्ने स्थितिमा छैनन् । आर्थिक वर्ष २००९ मा एचवन-बी भिसा अन्तर्गत एकैदिनमा ६५ हजार निवेदन परेका थिए । तर, सन् २०१० का लागि भने अझै २० हजार निवेदनहरुको आवश्यक रहेको बताइएको छ । मन्दीले देशमा ल्याएको बेरोजगारी समस्याका कारण संघीय सरकारबाट आर्थिक सहयोग प्राप्त गर्ने कम्पनीहरुले स्वदेशी श्रमशक्तिलाई नै रोजगार दिनुपर्ने बाध्यता रहेको छ ।

आर्थिक मन्दीका कारण मेक्सिकोबाट अमेरिकाभित्र अवैधानिक तवरले प्रवेश गर्न खोज्नेहरुको संख्यामा पनि गत वर्षको तुलनामा करिब २३ प्रतिशतले कमी आएको छ । हाल असंख्य अमेरिकनहरु विदेशी मुलुकहरुमा रोजगारको अवसर खोज्नेहरु बढ्दै गइरहेको युएसए टुडे समाचारपत्रले उल्लेख गरेको छ । देशको सबैभन्दा ठूलो एक म्यानपावर कम्पनीमा कार्यरत ५ सय कर्मचारीहरुले विदेशी रोजगारको चाहना राख्नुले पनि अमेरिकामा आर्थिक सवलताका अवसरहरुमा कमी रहेको पुष्टि हुन्छ । सन् २००५ को ३७ प्रतिशतबाट बढेर यस वर्ष करिब ५७ प्रतिशत अमेरिकनहरुले भारत, चीन, ब्राजिल, दुबई, सिङ्गापुरलगायत अन्य मुलुकहरुमा रोजगार चाहेको तथ्य बाहिर आएको छ । फलस्वरुप अमेरिकामा आप्रवास हुन चाहनेहरुको संख्यामा हाल निकै कमी देखिन्छ । अमेरिकाको गणना विभागले ‘२००८ अमेरिकन सोसाइटी’ बाट हालै प्रकाशित गरेको तथ्याङ्क अनुसार अमेरिका आप्रवासका लागि आउने विदेशी नागरिकहरुको संख्या घटेको देखाएको छ ।

यसैबीच ओबामा प्रशासनले देशमा बस्दै आएका गैरकानुनी आप्रवासीहरुलाई समेत वैधानिकता दिन आप्रवासी सुधार ऐनका लागि गृहकार्य गरिरहेको बुझिएको छ । हाल अमेरिकामा आप्रवासीहरुबीच बेरोजगारी दर १० प्रतिशतभन्दा बढी पाइएको छ । धेरैजसो आप्रवासी कामदारहरु तल्लो दर्जाको पेशाहरु जस्तै निर्माण, उत्पादन, क्लेरिकल, बिक्री, रेस्टुरन्ट, आतिथ्य संस्कारलगायत केही माथिल्लो तहमा कार्यरत पाइन्छन् । ती आप्रवासीहरु औपचारिक उच्च शिक्षाको अभाव तथा अंग्रेजी भाषामा दख्खल नभएका कारण पनि तल्लो दर्जाको पेशा अपनाउन बाध्य छन् । माथिल्लो स्तरको ब्यवसायिक तथा प्राविधिक क्षेत्रमा संलग्न आप्रवासीहरुमा पनि मन्दीका कारण बेरोजगारी दर बढ्दै गएको छ । अमेरिकी आप्रवासीहरुमध्ये भर्खरै कलेजतहको शिक्षा सिध्याएकाहरु बढी छन्, जसले आˆनो विषयगत क्षेत्रमा रोजगार पाएका छैनन् ।

सन् २००० मा अमेरिका पढ्न आई स्नातक तह पास गरेका ३० वर्ष मुनिका आप्रवासीहरुमध्ये करिब ३६ प्रतिशतले मात्र रोजगार प्राप्त गरेका छन्, जसका लागि उच्चशिक्षाको प्रमाणपत्र आवश्यक पर्दछ । बोस्टन शहरमा स्नातक तहमा अध्ययनरत धेरै नेपाली विद्यार्थीहरु भिसाको अवधि बढाउने लहरमा लागेका छन् भने कोही बेरोजगारी र आर्थिक संकटका कारण नेपाल र्फकने तर्खरमा जुटेका छन् ।
श्रोतः अनलाइन खबर

प्रकाशित मिति : 2009-12-9 - 07:35

Drop your comment here

Full Name
Address
Email
Comment

Note : Message will be published after the editor's approval

यसअघिका विश्व समाचार ::
* मध्य अमेरिकामा आँधीका कारण ८३ को मृत्यु
* What is Forex?
* चीन विश्वको सबैभन्दा ठूलो निर्यातक राष्ट्र बन्यो
* दुइ छुट्टा छुट्टै स्थानमा आत्मघाती विस्फोट
* अमेरिकी आप्रवासीमा आर्थिक मन्दीको असर
* बग्दाद भएको ५ वटा विस्फोटमा १२७ को मृत्यु
* जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन शुरू
* लादेन किन उम्के
* कतारमा नेपालीको बिजोक
Ads
Untitled Document
बिबिध स्तम्भहरु
Nepal China Hot News!
Your add here
Your add here
Right_stuff



 
Untitled Document

बिबिध उपयोगी साईटहरु

 

Footer Page